दाङमा झण्डै २ लाख रुपैया सहित ५ जुवाडे पक्राउ

तुलसीपुर ।
दाङमा झण्डै दुई लाख नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपािलका वडा नंम्बर १५ बस्ने २७ बर्षिय खगेन्द्र सापकोटा, बर्ष ४३ का झपुल केसी,
वडा नम्बर १४ बस्ने बर्ष ४३ को बालाराम खड्का, सोही ठाँउ निवासी बर्ष २४ को मरिजमान खड्का र ३५ बर्षिय चन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
हिजो बेलुकी घोराही उप महानपािलका वडा नं १५ बालमन्दीर टोल स्थीत झपुल केसीको घरमा जवुा खेली रहेको भन्ने सचुनाको आधारमा गएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट १ लाख ८० हजार नगद, ७ थान चेक,गलैजा र ३ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको प्रबत्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन ।
तपाईंको प्रतिक्रिया