तुलसीपुरका एघार जनामा कोरोना पुष्टि

 बैशाख ०७, २०७८

तुलसीपुर ।
तुलसीपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र नेसनल प्याथ ल्याबमा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

अाज थपिएकामा उपमहानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्षलाई समेत संक्रमण भएको हाे ।

त्यस्तै‚ संक्रमित हुनेहरुमा वडा नम्बर ६ का पाँच, वडा नम्बर ५ का दुई, वडा नम्बर ७ का दुई, वडा नम्बर ११ का एक र वडा नम्बर ८ का एक जना रहेका छन् । यससँगै तुलसीपुरमा कोरोना सक्रिय संक्रमित संख्या ७६ जना पुगेको कोरोना फोकल पर्सन विमल केसीले बताए । ।

तपाईंको प्रतिक्रिया