सवारी दुर्घटनामा बालकको मृत्यु, बाबुआमा घाइते

 बैशाख ०८, २०७८

तुलसीपुर ।
पश्चिम दाङमा भएको सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निबासी ८ बर्षका बालक स्पर्श आचार्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक बालकका बुवा ३९ बर्षका सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते भएको प्रहरीको भनाई छ । पश्चिम दाङबाट तुलसीपुर आउँदै गरेको रा ५प ५६०४ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको हाइसले बबई गाउँपालिका–६ पञ्चकुलेको ओरालोमा ठक्कर दिदा दुर्घटना भएको थियो ।

सुदिपको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र पार्वताको घोराहीमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया