लेनदेन मुद्धामा फरार अभियुक्त पक्राउ
तुलसीपुर ।
लेनदेन मुद्धामा फरार एक महिला दुई वर्ष पछि पक्राउ परेकि छिन । दाङको घोराही उपमहानगरपालिका १४ मिलनचोक बस्ने ३१ बर्षिया धनमाया बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
बुढा विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्धामा २०७६ कात्तिक ६ गते दुई वर्ष कैदको फैसला गरेको थियो ।
फरार भएकी बुढालाई पक्राउ गरी मंगलवार अदालतमा उपस्थित गराएको दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया