देशका धेरै ठाउँमा वर्षा

 बैशाख ०९, २०७८

काठमाण्डौ ।
काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यता, दाङमा गयराती हावाहुरी सगै आएको बर्षाले किसानलाई खुसी तुल्याएको छ ।

तपाईंको प्रतिक्रिया