२४२८ कोरोना संक्रमित थपिए,५ जनाको मृत्यु

 बैशाख ०९, २०७८

काठमाडौं ।

विहिबार नेपालमा २,४२८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १० हजार ४४८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । बितेको २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । सोही अवधीमा २५२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमित संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । मृतक संख्या ३ हजार ११७ पुगेको छ ।

तपाईंको प्रतिक्रिया