सत्तामा पुगेपछि ओली बिग्रिए: ज्ञवाली

 बैशाख ०९, २०७८

तुलसीपुर ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्ट पाटी सर्वहारा बर्गहरुको पार्टी भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा अवसरमा माधव नेपाल समुहले तुलसीपुरमा अन्र्तक्रिया तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

तर सत्तामा पुगीसकेपछि जनता र राष्ट्रको हितको पक्षमा काम गर्नु भन्दा पनि आफु र आफनो स्वार्थका लागी काम गर्ने गरपरिपाटीको विकास कम्युनिष्टमा भएको उहाले बताउनुभयो । सत्तामा पुगेपछि बिग्रने मध्ये केपि शर्मा ओली पनि रहेको उहाको भनाई थियो । जिल्ला कमिटिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिक्रिया