बेंगलोरको लगातार चौथो जित
युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । योसँगै बेंगलोर लगातार चौथो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । बेंगलोरको जितमा ओपनर देवदत्त पाडिक्कल ५२ बलमा ११ चौका र ६ छक्का सहित १ सय १ रनमा अविजित रहे ।
पाडिक्कले ५१ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक पूरा गरेका थिए । मुस्ताफिजुर रहमानलाई १७ औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । कप्तान विराट कोहली ४७ बलमा ६ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।
तपाईंको प्रतिक्रिया