प्युठानमा एक कोरोना संक्रमितको निधन

 बैशाख १०, २०७८


प्यूठान ।

प्युठानमा एक कोरोना संक्रमितको निधन भएको छ । मल्लरानी गाउँपालिका–निवासी ८३ वर्षीया महिलाको मृत्यु उपचारको क्रममा निधन भएको प्यूठान अस्पतालले जनाएको छ । ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि उनलाई आज बिहान प्यूठान अस्पताल विजुवारमा लगिएको थियो ।

करिव १२ बजेतिर उनको निधन भएको अस्पतालका डाक्टर नविन दर्नालले जानकारी दिनुभयो । परिवारसँगको सल्लाह अनुसार मृतकको शव नेपाली सेनामार्फत अन्त्येष्टी गर्ने तयारी भइरहेको छ । डाक्टर दर्नालका अनुसार उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको थियो ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ बर्षीय पुरुषको पनि उपचारको क्रममा निधन भएको बाँकेका फोकल पसर्न तेज वलीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया