कोरोनाबाट दाङमा दुई जनाको मृत्यु

तुलसीपुर ।
कोरोना संक्रमणबाट दाङमा दुई जनाको ज्यान गएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ६ का ७९ बर्षिय पुरुषको राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज निधन भएको हो ।
उहालाई हिजो कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । यस्तै, कोरोना भाइरस संक्रमित एक १५ बर्षीया बिद्यार्थीको पनि मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं। ६ घर भइ लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत विद्यान आचार्यको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।
तपाईंको प्रतिक्रिया