सङ्क्रमण बढेको भन्दै नयाँ पाइलामा बाह्य परामर्श बन्द

 बैशाख १२, २०७८

बिजौरी ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले तुलसीपुर क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै बाह्य परामर्श र भेटघाट कार्यक्रम बन्द गरेको छ । संस्थाका कार्यकारी निर्देशक सुरश भुसालले आज एक विज्ञप्ति मार्फत् तत्कालका लागि उपचारार्थीहरुको स्वास्थ्यलाई समेत ख्याल राख्दै पारिवारिक भेटघाट भर्चूअल विधिबाट गरिने जानकारी दिनुभएको छ ।

साथै संस्थामा बाह्य उपचारार्थीहरुका लागि समेत उक्त सेवा कोरोना सङ्क्रमण दर न्यून नहुदासम्मका लागि बन्द गरिएको छ ।

कार्यालयभित्र रहेका उपचारार्थीहरुका लागि सेवा भने यथावत् नै रहने बताइएको छ । संस्थाले सम्पूर्ण अभिभावकहरुलाई भेटघाटका संस्थामा फोन वा भर्चअल विधिबाट गर्न आग्रह गरेको प्रेस सल्लाहाकार गोकर्ण पौडेलले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया