दाङमा एकैदिन थपिए १५२ संक्रमित

तुलसीपुर ।
दाङमा आज एकै दिन १५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका १५२ जनामा कोरोना देखीएको हो । २५२ जनाको कोरोना परिक्षण गरिएको थियो ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ६ सय नाघेको छ । कोरोना परिक्षण भएका मध्ये ७५ प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ । पछिल्नो समय जिल्लामा कोरोना संक्रमणको दर उच्च देखीएको छ ।
तपाईंको प्रतिक्रिया