आजदेखि १५ जिल्लामा लकडाउन

 बैशाख १६, २०७८


तुलसीपुर ।
आजदेखि देशका १५ जिल्लामा लकडाउन लागू भएको छ । कोरोना महामारीको जोखिम बढेपछि सङ्क्रमण दर रोक्न सरकारले आजदेखि देशका विभिन्न १५ जिल्लामा लकडाउन जारी गरेको हो । काठमाडौं उपत्यकाका ३ जिल्लासहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की,लगायतका जिल्लामा लकडाउन जारी गरिएको हो । काठमाडौं उपत्यका र रुपन्देहीमा १५ दिनका लागि लकडाउन जारी गरिएको छ ।

तपाईंको प्रतिक्रिया