सल्यानमा कोरोनाबाट एक पुरुषको मृत्यु

 बैशाख १६, २०७८

तुलसीपुर ।

सल्यानमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषेको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

केही दिन अघि कोरोना पोजेटिभ देखिएपछि उहाँ होम आइशोलेसनमा बस्नु भएको थियो । गएराती स्वास प्रस्वासमा समस्या आएपछि राती सवा ८ बजे अस्पतालमा ल्याएको र अक्सीजन दिंदादिंदै ज्यान गएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया