भोली देखि कपुरकोट बजार बन्द

 बैशाख १६, २०७८

तुलसीपुर ।

सल्यान कपुरकोट गाउँपालीकाले बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखीम बढेको भन्दै शुक्रवार देखि लागु हुने गरि बैशाख २३ गते सम्म कपुरकोट बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । होटल तथा रेष्टुरेण्टको हकमा भने श्वास्थ्य मापदण्ड पालना गर्दै विहान ८ बजे देखि बेलुका ८ बजे सम्म सञ्चालन गर्न पाईने छ ।

सल्यान प्रबेशद्धारका रुपमा रहेको कपुरकोट क्षेत्र पनि कोरोनाको उच्च जोखिममा रहेकोले बुधबार बसेको कार्यपालीका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । त्यसैगरी गाउँपालीका र वडाहरुमा अत्यावस्यक बाहेक सबै सेवाहरु पनि बन्द गरिएको छ ।

दोस्रो लहरको देशका धेरै जिल्ला प्रभावित भएकोले घरभित्रै सुरक्षित रहन,बाहिर निस्कनै परे मास्क तथा श्वास्थ्य मापदण्डमा ध्यान दिन अनुरोध समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया