तुलसीपुरमा कोरोना संक्रमित महिलाको निधन
तुलसीपुर ।
दाङको तुलसीपुरमा थप एक कोरोना संक्रमितको निधन भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का ४६ बर्षीय महिलाको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकार दिनुभयो ।
आज विहान २ बजेतिर ति महिला को मृत्यु भएको हो । उहा बैशाख ११ गतेदेखि बेलझुण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । यो संगै अस्पतालमा हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
तपाईंको प्रतिक्रिया