समाज सेवामा नथाक्ने मोहन

 बैशाख २२, २०७८


तुलसीपुर ।
मोहन पौडेल । उमेर ३१ बर्ष । स्थायी ठेगाना तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३, हाल तुलसीपुर बजारमै बस्छन उनि । गाउँमा कसैलाई समस्या परे उनिलाई सम्झछन । आपत विपत देखि हरेक काममा उनि सघाउने गर्छन । गाँउमा गरिव दुखी कसैको हात खट्टा भाच्चिएको उपचार खर्र्च देखि लिएर कसैको घरमा भएको आगलागि पिडीतको लागि मलम लगाउने कोशिष गर्छन । केहि समय अघि मात्रै रातो विकको घर जलेर नष्ट हुदा उद्दारमा जुटे । खाद्यान्न देखि लत्ताकपडाको जोहो गरिदिए । उनकै पहलमा फुलवारी युबा समाजले राहत वितरण गर्यो । यो प्रतिनिधिमुलक घटना हो । यस अघि बाढि पहिरो जादा उद्दार देखि मृतकको ब्यवस्थापनमा पनि उसैगरी लागि रहे । गएको स्थानिय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा पराजित भएका थिए । यद्यपी जनप्रतिनधिले गनुपर्ने जिम्मेवारी पुरा गरिरहेका छन । आपत बिपतमा मात्रै नभई आफ्नाो गाउँको विकासको लागि उत्तिकै चासो दिने गर्दछन ।

हाल कोरोना भाईरस महामारीको सामना गर्नुपरेको छ । यो अवस्थामा पनि उनि जोखिम मोलेर सेवामा खटिएका छन । उनलाई अहिले तुलसीपुरमा एम्बुलेन्सको ब्यवस्थापनको जिम्मा दिईएको छ । गम्भीर खालको विरामीलाई सहायता दिन घर सम्म पुग्छन उनि । कोहि लाई अस्पताल सम्म त कोहिको घर सम्म अक्सीजन सिलीन्डर सहित पुग्ने गरेका छन । त्यति मात्रै नभई कोरोनाबाट ज्यान गुमाएकालाई दाहसंस्कारको लागि आवस्यक काठको ब्यवस्था गर्न चलाईएको काठ बैंकमा पनि सहयोगी बनेका छन । उनले त्यहा दुई टेक्टर काठ सहयोग गरेका छन । यसरी आपत विपतको समयमा सेवा गर्न पाउदा खुसीको महशुस हुने उनि बताउछन ।

तपाईंको प्रतिक्रिया