चार सांसदलाई कोरोना संक्रमण पुष्टि

 बैशाख २३, २०७८

काठमाडौं । प्रतिनिधिसभाका थप चार सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका लागि बुधबार सांसदहरूको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाब संकलन गरेको थियो। स्वाब दिनका लागि प्रतिनिधिसभा सचिवालयको लोत्से हल पुगेर सांसदहरूले दिएको स्वाबको आज नतिजा आएको हो।

तपाईंको प्रतिक्रिया