अब दाङमै अक्सिजन उत्पादन

तुलसीपुर । दाङ घोराहीस्थित अस्किजन प्लान्टमा बिहीवार फिडरलाईन जडान भएको छ । बुधबारदेखि नै त्यहाँ फिडरलाईन जडानको काम सुरु भएको थियो । अब कोरोनाका बिरामीलाई अक्सिजन अभाब हुन नदिन दाङमा अक्सिजन उत्पादन हुने छ । जिल्लामा अक्सिजनको हाहाकार हुदा बन्द अबस्थामा रहेको अक्सिजन प्लान्ट सूचारु गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङ,स्थानिय निकाय,प्रहरीको समन्वयमा ग्यास प्लान्ट सुरु गरिएको हो ।
६ बर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत अभावका कारण बन्द हुदै आएको थियो । यसपटक भने राष्ट्रिय प्रशारण लाईनबाट बिद्युत जडान गरी उद्योग सुरु गरिएको छ । घोराहीमा रहेको उक्त उद्योगबाट दैनिक १५० सिलिण्डर सम्म उत्पादन हुदै आएको प्लान्ट संचालक टोपाराम पौडेलले बताउँनुभयो ।
तपाईंको प्रतिक्रिया