आज विश्व रेडक्रस दिवस

काठमाण्डौ । आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ ।नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।
कोरोना सङ्क्रमण भएका देशहरुमा भने औपचारिक कार्यक्रमहरु पनि हुँदै छ । नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।
उहाँको जन्म दिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो । रेडक्रसको मुख्य कामहरुमा मानवताको संरक्षण र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार रहेको छ । रेडक्रस १९२ भन्दा धेरै देशहरुमा रहेको छ । नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो । ७७ वटै जिल्लामा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।
तपाईंको प्रतिक्रिया