तुलसीपुरकाे आइसोलेसनमा हेलिप्याड निर्माण

 बैशाख २५, २०७८

तुलसीपुर ।

तुलसीपुरकाे अश्वारामा रहेको आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा थप सहजता ल्याउन अस्वारा स्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
१९ नम्बर बाहिनी अड्डा तुलसीपुरबाट आएको नेपाली सेनाको टोलिले हेलिप्याड निर्माण गरेको हो । ‘यो सामान्य प्रकृतिको अक्सिजन सहितको आइसोलेसन सेन्टर हो । अक्सिजनको अभावमा तड्पिएका बिरामीलाई राखेर स्वासप्रस्वासमा सहजता ल्याउने हो,’ नगर प्रमुख पाण्डेले भन्नुभयो– ‘थप उपचार गर्नुपर्ने भयो । यदि कसैले म हेलिकोप्टर मार्फत बाहिर उपचार गर्न लैजान्छु भन्नु भयो भने त्यसको अभाव हुन नदिनका लागि हेलिप्याड बनाएका हौं ।’

तपाईंको प्रतिक्रिया