काेराेना अस्पताल बेलझुण्डीमा उपचाररत एक महिलाको मृत्यु

तुलसीपुर । दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज घर भई हाल बबई गाउँपालिका वडा नं. ५ स्थित माईतमा बस्दै आएकी २७ बर्षीया महिलाको आज विहान साढे १ बजेतिर निधन भएको हो ।
उनको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा मृत्युु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताउनुुभयो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । उनिमा निमोनिया र स्वास्प्रश्वासमा समस्या थियो ।
तपाईंको प्रतिक्रिया