लोकसेवा लगायत आयोगहरूमा पदपूर्ति सिफारिस
काठमाडौं । संवैधानिक परिषद्को बैठकले रिक्त रहेका लोकसेवालगायत आयोगहरूमा पदपूर्ति सिफारिस गरेको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिबिना नै बसेको बैठकले संवैधानिक आयोगहरूमा पदपूर्ति सिफारिस गरेको स्रोतले बतायो ।
अध्यादेशमार्फत गणपूरक संख्या कटौती गर्ने र मनोमानी नियुक्ति सिफारिस गरेको भन्दै आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख दुवै उपस्थित भएनन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि नजान भनिएको थियो । तथापि, आजको बैठकमा उनी उपस्थित थिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
तपाईंको प्रतिक्रिया