प्युठानमा जेठ १५ सम्म लकडाउन

 बैशाख ३०, २०७८



शुसिला बुढा मगर, प्युठान । बैशाख २४ गतेदेखि जारी लकडाउन पुनः१५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले जेठ १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि लगाइएको लकडाउन भोलि सकिनै लाग्दा जिल्लाभित्र कोरोना संक्रमितको संख्या झन् बढ्दै गएपछि जिल्लाभित्र अब पैदल यात्रा गर्न समेत प्रतिबन्ध लगाउने भएको छ।प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षमा बसेको बैठकले लकडाउन थप कडा बनाउने समेत निर्णय गरेको छ ।

बैठकले जिल्लाभित्र अब पैदल यात्रा गर्न समेत प्रतिबन्ध लगाउने भएको छ । जिल्ला स्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्र प्युठानको निर्णय बाट प्युठान नगरपालिका बिजुवारमा रहेको जिल्ला स्तरीय आइसोलेस्न केन्द्र लाई थप ब्यबस्थापन गर्न जिल्ला स्थित रहेका सबै स्थानीय तहहरु बाट २ लाख रकम सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो।

तपाईंको प्रतिक्रिया