आज अधिकांश क्षेत्रमा मौसम बदली

 बैशाख ३१, २०७८

काठमाडौं ।

आज देशका अधिकांश स्थानमा मौसम बदली रहने छ। यस्तै, केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

यस्तै, पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेने मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका ेकही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया