काेराेनाबाट पत्रकार चौधरीको मृत्यु

 जेठ ०५, २०७८

तुलसीपुर । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमित भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो ।

लामो समयदेखि पत्रकारीतामा संम्लग्न ६१ वर्षीय चौधरी रेडियो लुम्बिनीमा कार्यरत थिए । तिलोत्तमा नगरपालिकाका मणिग्रामका स्थायी बासिन्दा चौधरीका श्रीमती, २ छोरा, २ छोरी तथा नाति नातीना छन् ।

तपाईंको प्रतिक्रिया