तुलसीपुर १८ ले थाल्यो काेराेना परिक्षणमा पहल

कपिल लामिछाने, तुुुुलसीपुर ।
काेेेराना जाँच गर्न पिसिअार परिक्षणका लागि घोराही तुलसीपुर जानू पर्ने बाध्यतालाई मध्यनजर गर्दै मेट्रोसिटी पाेलिक्लिनिक सँग समन्वय गरि तुलसीपुर उपमहानगरपालिका वडा नंः १८ हेमन्तपुरले आजबाट वडा क्षेत्रका नागरिकहरुका लागि स्वाव संकलन कार्यक्रम सञ्चालन गरेको छ । लकडाउनका कारण टाढा जानुपर्ने जनताहरुको दु:ख र कष्टलाई मध्येनजर गर्दै वडाले यस्तो कार्यक्रम संचालनमा ल्याएको वडा अध्यक्ष माधव वलीले बताउनुभयो । वडा अध्यक्ष वलीले सजिलै अाउन सकिने अन्य छिमेकी वडा बासीले पनि यस सेवाबाट लाभ लिने कुराको जानकारी दिँदै, कोहि अशक्त, असहाय र घरको आर्थिक अबस्था अति कमजोर भएका बिरामीहरु भएमा लाग्ने सम्पुर्ण खर्च वडाले नै ब्यहोर्ने कुरा समेत जानकारी दिनुभयो ।
काेराेना जाचका लागि अाएकाहरुले दु:खको घडीमा सबै जनप्रतिनिधिहरु हाम्रो वडा अध्यक्ष जस्तै भए जनताहरुको आधा रोग त्यसै निको भएर जाने भन्दै आभार समेत प्रकट गरेका थिए ।
अहिले गाउँघरमा झन्झट र साधन श्रोतको अभावका कारण कयौँ बिरामीहरु गाउँ घरमा नै बसिरहेको पाएपछि वडा नं १८ ले यहाँको जनताहरुको पिडा र मर्मलाई मध्यनजर गर्दै यो कार्यक्रम सुरु गरेको वडा नं १८ नगरस्वास्थ्य केन्द्रका ईचार्ज डिल्ली शर्माले बताउनुभयो । आज तुलसीपुर १८ लगाएत छिमेकी वडाका बिरामीहरुको समेत स्वाव संकलन गरिएको छ । आज तुलसीपुर १८ का ८ जना तुससीपुर १७ का २ जना र तुलसीपुर १९ का १ जना गरि जम्मा ११ जनाको स्वाँब संकलन गरिएको छ । साथै हप्ता हप्तामा बिरामीहरूको चापलाई मध्यनजर गर्दै स्वाव संकलन कार्यलाई निरन्तरता दिने वडा अध्यक्ष वलीले जानकारी दिनुभएको छ ।
तपाईंको प्रतिक्रिया