एकैदिनमा झण्डै ८ हजार संक्रमितले जिते कोरोना

 जेठ ०५, २०७८

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।

गत २४ घण्टामा ८१७३ जनामा कोरोना संक्रमित थपिएका छन् । यस्तै, कोरोनाबाट २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

तपाईंको प्रतिक्रिया