रुकुम पुर्वमा निषेधाज्ञा थपियाे

तुलसीपुर ।
रुकुम पूर्वमा निषेधाज्ञाकाे समय थप गरिएको छ । कोरोनाको महामारी नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले गरेको सिफारीस अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लामा थप १० दिन निषेधाज्ञा जारी गरेको हो । गय राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।
यसअघि प्रशासनले वैशाख २२ गतेबाट २९ गते राती १२ बजेसम्मलाई जिल्ला सदरमुकाम रुकुमकोट सिल गरेको थियो । सो अवधि सकिए पश्चात फेरी २९ गते राती १२ बजेबाट जेठ ५ गते राती १२ बजेसम्म लागु हुनेगरी रुकुमकोट सहित जिल्लाका विभिन्न १९ ठाउँ सिल गरिएको थियो ।
तपाईंको प्रतिक्रिया