प्रधानमन्त्री अाेलि सितलनिवासमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्तापित गर्न १४९ जना सांसदहरुको हस्ताक्षरसहित विपक्षी समूह सिंहदरबारबाट शितलनिवास प्रस्तान गरेलगत्तै ओली पनि बालुवाटारबाट निस्के।
सुरक्षासहितको उनको गाडी शितलनिवासमा तीन बजेर ३२ मिनेटमा प्रवेश गर्यो। झण्डै एकैसाथ शितलनिवास पुगेका विपक्षी समूह र ओलीसँग अलगअलग भेटेपनि त्यतिबेला ओलीको शितलनिवास प्रवेशले विभिन्न अड्कलबाजी जन्माएको छ।
प्रतिपक्षले नयाँ सरकार निर्माणका लागि बहुमत जुटाइसकेको अवस्थामा ओलीले त्यसलाई रोक्न आफ्ना पार्टीका २७ जना असन्तुष्ट सांसदविरुद्ध कारवाही गरेको जानकारी राष्ट्रपतिलाई दिनका लागि शितलनिवास पुगेको अड्कलबाजी पनि भइरहेको छ।
उता जसपाका महन्थ ठाकुरले पनि उपेन्द्र यादव पक्षलाई कारवाही गरेको जानकारी शितलनिवासलाई गराएको बुझिएको छ।
तपाईंको प्रतिक्रिया