संसद विघटनविरुद्ध कानुनी उपचार खोज्ने विपक्षीको तयारी

 जेठ ०८, २०७८

काठमाडौं ।

विपक्षी गठबन्धनले संसद् विघटन विरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन् । त्यसबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलका नेताहरुको संयुक्त बैठक शनिबार बस्दैछ । बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा संसद विघटनको निर्णय विरुद्ध चाल्ने कदम बारे छलफल हुनेछ ।

गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाकी नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भनिन् ‘बैठकमा कानुनी उपचार खोज्ने विषयमा केन्द्रीत रहेर छलफल गर्ने तयारी छ ।’ शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर सहित वैकल्पिक प्रधानमन्त्रीको रूपमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्यराति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् ।

तपाईंको प्रतिक्रिया