दंगीशरणमा ३० वटा अक्सीजन सिलीण्डर खरीद

 जेठ ०९, २०७८

दिप्तीशिखा चौधरी, दंगीशरण ।
दंगीशरण गाउँपालीकाले बागरमा रहेको आईशोलेशनका लागि ३० वटा अक्सीजन सिलीण्डर किनेको छ । अमेरीका बस्ने दंगीशरण गाउँपालिका वडा नम्बर ६ र ७ का युवाहरुले सो अक्सीजन सीलीण्डर सहयोग गर्नका लागि दिएको रकमले ३० वटा सीलीण्डर किनिएको हो । कोरोना महामारीले नागरीकहरु अक्सीजन नपाएर ज्यान गुमाउँन नपरोस भन्ने उद्धेश्यले उनिहरुले ११ लाख १९ हजार ९ सय ८० रुपैँया सहयोग गरेका थिए । सो रकम बाट अक्सीजन सिलस्ण्डर खरीद गरी बागरमा रहेको आईशोलेशनलाई हस्ताणतरण गरिएको हो ।

आज ल्याइएको ३० वटा अक्सीजन सहित गाउँपालिकाको आईशोलेशनमा अहिले ४५ वटा अक्सीजन भएपछि २५ बेडको आईशोलेशन स्थापना गरिएको गाउँपालिकाका प्रवक्ता विर बहादुर वलीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष्य भागीराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खडका, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल सहितको टोलीले अस्पताललाई अक्सीजन सिलीण्डर हस्ताणतरण गरेको हो ।

हस्ताणतरण पछि अध्यक्ष चौधरीले विदेशमा रहेका सहयागी युवाहरुलाई धन्यवाद दिनुभएको छ । यतिवेला गाउँपालिकाका नागरीकहरुलाइ कुनै पनि समस्या नपरोस भन्नका लागि गाउँपालिकाका प्रवक्ता विर बहादुर वली, १ नम्बर वडाध्यक्ष श्रीप्रशाद चौधरी, ४ नम्बर वडाध्यक्ष नेपबहादुर कवँर, ५ नम्बर वडाध्यक्ष दिपक गौतमको समुह नागरीकहरुको सेवामा खटिएका छन ।

तपाईंको प्रतिक्रिया