रुकुम सोती घटनाको एक वर्ष

 जेठ १०, २०७८


तुलसीपुर ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको एक बर्ष पुगेको छ । आफ्नी प्रेमिका लिन भनि गएका जाजरकोट भेरी नगरपालीका वडा नम्बर ४ का नवराज विक सहित ६ जनाको स्थानियले गरेको सामुहीक आक्रमणबाट ज्यान गएको थियो । उक्त घटनामा सोही ठाउँकै गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनारको मृत्यु भएको थियो ।

आरोपी ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको थियो । यो एक बर्षमा यो मद्धाको झै फैसला भएको छैन । ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएपनि ११ जना भने छुटेका छन । मुद्दा दर्ता गरिएका मध्ये नवराजकि प्रेमीका भनिएकि र अर्का एक नावालक भएको भन्दै उच्च अदालत सुर्खेतले अभिवावक जिम्मा लगाउन आदेश दिएको थियो । यस अघि रुकुम अदालतले बाल सुधार गृह भक्तपुरमा पठाउन आदेश दिएको थियो ।

यसैगरी केटिको आमा एक लाख धरौटी र अरु तीन जना साधरण तारेखमा छुटेका थिए । पुर्वपक्षका लागि कारगार रहेका अरु पाँच जनाले आफुहरुले कारागार बस्ने कसुर नगरेको भन्दै उच्च अदालत सुर्खेतमा पुग्दा पाँचै प्रतिवादीको हकमा राय बाझिएिपछि उच्च अदालत नियमावली अनुसार सर्वोच्चमा पुग्दा तारेखमा छोड्न आदेश दिएको थियो ।

अव कारागार रुकुममा चौरजहारी का ८ वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २३ जना रहेको प्रतिवादीको तर्फका कानुन ब्यवसायी एक्क बहादुर पाण्डेले जानकारी दिनुभयो ।

जातकै आधारमा घटना

रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा २०७७ जेठ १० मा ६ जनाको ज्यान जानेगरी भएको घटना जातीय छुवाछुतका आधारमा भएको विभिन्न छानबिन समितिले निष्कर्ष निकालेको थिए । जातीय भेदभाव र छुवाछुतका कारण नवराज विक र मल्ल थरकि युवतीको विवाह रोक्न खोज्नु नै यो अपराधको प्रारम्भ बिन्दुभएको समितिले निष्कर्ष निकालेका थिए ।

तपाईंको प्रतिक्रिया