आउने चौथो हप्ता देखि सङ्क्रमणको दर घट्दै जाने

तुलसीपुर ।
सरकारले आउने चौथों हप्ता देखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताएको छ । पछिल्लो समय औसतमा ८ हजारका दरले कोरोना सङ्क्रमित थपिएपनि आउने चौंथो हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताइएको हो ।
कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सम्बन्धमा आज आयोजित भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले हाल नेपालमा कोरोना सङ्क्रमणको दर ८ हजार रहेपनि आउने चौंथो हप्तादेखि सङ्क्रमण दर घट्दै जाने दावी गर्नुभयो ।
तपाईंको प्रतिक्रिया