रुखमा झुन्डिएर आत्महत्या

 जेठ ११, २०७८


तुलसीपुर ।

दाङमा दुई जनाले रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियार सुक्वारमा ३० वर्षका रेखबहादुर घर्ती संगै एक महिला झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुुभयो ।

मृतक महिलाको अहिले सम्म पहिचान खुलेको छैन । महिलाको उमेर अन्दाजी २५/३० बर्ष रहेको, रातो सुरवाल र आर्मि कलरको ज्याकेट छ । प्रहरीले निजको बारेमा जानकारी भए दिन आग्रह गरेको छ । मृतकको शव लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखीएको छ ।

तपाईंको प्रतिक्रिया