राप्ती नदीमा उत्खनन् नरोकिए आन्दोलन गर्ने चेतावनी

तुलसीपुर ।
कोरोना महामारीको समयमा जारी लकडाउनको मौका छोपेर राप्ती नदी उत्खनन भइरहेको छ । सम्बन्धीत निकायको लापरवाहीका कारण ठेगेदारले मनपरी ढगंले उत्खान गरिरहेका छन । राप्ती नदीमा जेसिभी, स्काभेटर, टिप्परबाट नियम विपरीत चौविसै घण्टा उत्खनन् भइरहेको पाईएको छ ।
यसैविच, उक्त अबैध कार्यका विषयमा राप्ती उपत्यका एवम वातावरण संरक्षण समिति भालुवाङले आज पत्रकार सम्मेलन गरेर सम्बन्धीथ निकायको ध्यानाकर्षण गराएको छ ।
नदी उत्खनन्का कारण राप्ती नदी सतह भन्दा धेरै गहिराईमा पुगेकाले प्रगन्ना सिचाई नहर निमार्णाधिन बढ्कापथ सिचाई नहर, दङगालीछाप सिचाई नहर तथा राप्ती नदी उत्तर दक्षिण र रङसिङ तथा अर्जुन खोलाको दुवै तर्फको तटबन्ध लगायत राप्ती नदी तटीय मानवबस्ती समेत भत्किने गरी जोखीम बढेर गएको छ ।
समितिले उत्खनन् कार्य नरोकिएमा आज देखि आम नागरिकलाई सडकमा उतार्ने चेतावनि पनि दिएको छ । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष टोपबहादुर कार्की, सचिव होमप्रसाद शर्मा लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
तपाईंको प्रतिक्रिया