६७१४ जनामा संक्रमण,६७१६ जना निकाे भए

 जेठ १२, २०७८

तुलसीपुर । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

तपाईंको प्रतिक्रिया