विप्लव निकट संगठनले गरे रक्तदान

तुलसीपुर ।
विप्लवले नेतृत्व गरेको नेकपा निकट युवा,बिद्यार्थी र जनपत्रकार संगठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रुपमा रक्तदान गरेको छ । पार्टी निकट युवा संगठन नेपाल दाङ,अखिल(क्रान्तिकारी)दाङ र जनपत्रकार संगठन नेपाल दाङद्वारा सहिदहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल वलिले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप वलि,युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगि,युवा संगठन नेपाल केन्द्रिय सदस्य बिरेन्द्र बिक,नेपाल रेडक्रस सोसाइटी दाङ शाखा मन्त्री प्रकाश श्रीबन्द,ब्लड बैंक इन्चार्ज दिलिप न्यौपानेको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको पत्रकार कृष्ण अधिकारी जानकारी दिनुभएको छ ।
तपाईंको प्रतिक्रिया