आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस
काठमाडौं ।
आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको नारा ‘महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने तय गरिएको छ । महिला अधिकारका क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार २०७६ सालदेखि दिवस मनाउन सुरु गरिएको हो ।
आमा वा बुवामध्ये एकजनाको नामबाट पनि नागरिकता, कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिलाप्रति हुने हिंसा अन्त्य गर्ने कुरालाई मुख्य चार उपलब्धीको रुपमा लिइएको छ । यी विषयलाई सरकारले उपलब्धिका रुपमा लिएपनि त्यसको कार्यन्वयन भने अत्यन्तै न्यून रहेको छ । सरकारले दिवस मनाउने निर्णय गरेपछि पहिलो वर्ष औपचारिक कार्यक्रम गरि मनाए पनि गत वर्ष पनि कोरोना भाइरसका कारण कार्यक्रम भर्चुअलमै सीमित बनेको थियो ।
तपाईंको प्रतिक्रिया