युवा संजालद्वारा स्वास्थ्य सामाग्री सहयोग

दिप्तिशिखा चौधरी, दंगीशरण ।
दंगीशरण गाउँ पालिका स्तरिय युवा संजालले आइशोलेसन केन्द्र बागरलाइ ५ वटा फोल्डिङ वेड हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिडका समयमा संजालले चलाएको मेरो आइशोलेशनमा मेरो अक्सिजनका लागि, मेरो एक हजार अभियान बाट संकलन भएको रकमले फोल्डिङ वेड खरिद गरि हस्तान्तरण गरेको हो ।
सहयोग स्वरुप उठेको रकम १ लाख २ हजार ५ सय रु।मा ५ वटा वेड खरिद गरिएको संजालका अध्यक्ष चक्र मिलन विश्वकर्माले जानकारी दिए। यसैबिच संजालले सो अभियान बाट उठेको रकमले अक्सिजन फ्लो मिटर १० पिस,पिपिई १० पिस, ५ लिटरको लिज सेनिटाइजर ३ पिस,सर्जिकल ग्लोव १ हजार पिस, ईक्जामिनेशन ग्लोव १ हजार पिस, माक्स १ हजार पिस गरि १ लाख १२ हजार ४ सय बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
गाउँ पालिकाका अध्यक्ष भागिराम चौधरीको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तारण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र बागरका डा.बुद्धि कुमारी मगर, ग्रिन फाउन्डेसन नेपाल दङ्गिशरणका संयोजक एम.एन शाह, सिद्ध पृथ्वी जनता मावि श्रिगाउ ब्यवस्थापन समितिका अध्यक्ष लिला वलि लगाएतको उपस्थिति रहेको थियो ।
अहिले पनि सहयोग उठ्ने क्रम जारी रहेकाले सहयोग गर्न चाहनेले एनसिसि बैंकको खाता न. ११४०००००४३१०१ मा सहयोग गर्न सहयोग गर्न संजालका अध्यक्ष विश्वकर्मा ले आग्रह गरेका छन् ।
तपाईंको प्रतिक्रिया