सर्पकाे टाेकाईबाट तुलसीपुरमा एक युवकको मृत्यु
तुलसीपुर । सर्पले टाेकाईबाट तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी २५ बर्षका टिकाराम डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घरमै सुतेको बेला दिउसो ३ बजे कालीडूमिनी सर्पले टोकेको थियो ।
उपचारका लागि संशेरगंज लग्ने क्रममा बाटोमै अचेत भएपछि डाँगीलाई फर्काएर पुनः राप्ती प्रादेशिक अस्पतालमा ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिक्रिया