आज मौसममा सामान्य बदली हुने

 जेठ १८, २०७८


तुलसीपुर ।
आज देशका केही स्थानमा सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु,स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

जसका कारण प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू–भागहरूका स्थानहरूमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा भएको छ । साँझपख अरु भूभागमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया