वडाध्यक्ष पाण्डे माथी प्रहरीको दुर्व्यवहार

दाङ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डे माथी प्रहरीले दुर्व्यवहार गरेको छ । मंगलबार दिउसो १२ बजेतिर रतनपुरका एक जना वडाबासीले अक्सिजन सिलिन्डर खोजेर ल्याइदिन आग्रह गरेपछी वडा कार्यालय बाट उनी अक्सिजनको खोजिमा निस्किएका थिए । सोही बेला प्रहरीले उनी माथी दुर्व्यवहार गरेको वडाध्यक्ष पाण्डेले बताए ।
आफ्नो वडा कार्यालयबाट अक्सिजनको खोजीमा हिडेका वडाध्यक्ष पाण्डे जिल्ला प्रहरी कार्यालय नजिकै पुग्दा त्यहाँ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले चेकिङ्ग गरिरहेको थियो । ड्युटीमा खटिएका प्रहरी निरीक्षकलाई आफ्नो बारेमा सबै परिचय दिदा पनि आफू माथी के कति कारणले यस्तो व्यबहार गरियो पाण्डे आश्चर्यमा परेको बताए ।
यता जिल्ला प्रहरी कार्यालय दाङले चेकीङ्गका क्रममा प्रहरी निरीक्षकले वडाध्यक्षलाइ नचिनेर स्कुटि रोकेको प्रतिक्रिया दिदै आफ्नो स्कुटि लैजान पाण्डेलाई आग्रह गरि सकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले प्रहरीले नियतबस भन्दा पनि नचिनेर त्यो घटना घटेको र वडाध्यक्ष आफैमा सहयोगी भावना भएको र जिप्रकालाइ धेरै सहयोग गरेको पनि स्मरण गरे ।
तपाईंको प्रतिक्रिया