बाँकेमा उपचाररत ११४ जनाको अवस्था गम्भीर

 जेठ १९, २०७८

तुलसीपुर । बाँकेका विभिन्न कोभिड अस्पतालमा उपचाररत संक्रमितमध्ये एक सय १४ जनाको अवस्था गम्भीर भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले जनाएको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, वेष्टर्न अस्पताल र युनाइटेड अस्पतालमा उपचाररत दुई सय ६० मध्ये एक सय ४६ को अवस्था सामान्य रहेको डिसिएमसीका फोकलपर्सन तेजबहादुर ओलीले जानकारी दिए ।

यहाँका अस्पतालमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका बिरामीको संख्या धेरै भएको ओलीले बताए । उनले उपचाररत कुल संक्रमितमध्ये एक सय तीनजना बाँकेका र एक सय ५७ जना बाहिरी जिल्लाको भएको बताए ।

तपाईंको प्रतिक्रिया