उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप

 जेठ १९, २०७८

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको बताए ।

यस्तै ललितपुरका सीडीओ ढुण्डिप्रसाद निरौलाले पनि खाद्य र किराना पसल खोल्न र सार्वजनिक निर्माणका सामाग्री ढुवानी गर्न दिइने बताए । ‘यो एक हप्ता कडारुपमा गरिएको निषेधाज्ञाले संक्रमण रोक्न मद्दत गर्‍यो । अब खाद्य सामाग्रीका पसलहरु बिहान खोल्न दिने गरी १० दिन थप्ने भन्नेमा हाम्रो सहमति भएको छ,’ निरौलाले भने ।

तपाईंको प्रतिक्रिया