थप ५ हजार ३ सय १६ जनामा सङ्क्रमण

 जेठ १९, २०७८


तुलसीपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८ सय ५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९२ जना गरी कुल ५ हजार ३१६ जनाकोरोना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप १ सय १ जनाकोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आज देशभरका विभिन्न अस्पतालबाट ७हजार २१९ जनाकोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । निको हुने दर ८० दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा सक्रिय सङ्क्रिमतको संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया