ढिस्काले पुरिँदा दुईजनाको मृत्यु

 जेठ २०, २०७८

काठमाडौं ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका­-१३ स्थित कङ्काली स्कुल नजिक ढिस्को खसेर पुरिँदा बुधबार दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-­८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ छन् ।

घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया