एमालेको स्थायी कमिटीको बैठक आज

 जेठ २०, २०७८

तुलसीपुर ।
नेकपा एमालेको स्थायी कमिटीको बैठक आजका लागि पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी आन्तरिक जीवनलाई कसरी बलियो बनाउने भन्ने बारेमा बैठकमा छलफल हुनेछ । हिजोका लागि बोलाइएको स्थायी कमिटी बैठक दिउँसोसम्म सारिएको हो ।

नेकपा एमालेमा सकेसम्म सहमतिको प्रयास गर्नका लागि स्थायी कमिटीको बैठक सार्नुपरेको नेताहरूले बताएका छन् । पछिल्लो समय एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षसँग अनौपचारिक संवाद अघि बढाउनु भएको छ । उपप्रधान तथा एमाले महासचिव ईश्वर पोखरेलले हिजो मात्रै पनि नेता माधवकुमार नेपाल पक्षका नेता योगेश भट्टराईसँग छलफल गर्नुभएको थियो ।

पछिल्लो पटक बसेको एमाले स्थायी कमिटी बैठक बसेर पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस प्रगति भइनसकेको बताएको छ ।

तपाईंको प्रतिक्रिया