काेराेना दोस्रो लहर: देशभरका १९ पत्रकारको निधन

 जेठ २१, २०७८

काठमाडौं । कोरोना महामारी (कोभिड–१९) को दोस्रो लहरमा हालसम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने नौ सय पत्रकार सङ्क्रमित भएका छन् । प्रेस काउन्सिलका अनुसार यसमध्ये २ सय सक्रिय सङ्क्रमित छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

श्रमजीवी पत्रकारको यस्तो अवस्था रहेकोमा महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक÷लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको काउन्सिलले जनाएको छ ।

तपाईंको प्रतिक्रिया