पौडेल र महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी

काठमाडौँ । उपप्रधानमन्त्रीमा जसपाका राजेन्द्र महतोसँगै अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र अर्का एमाले नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाउने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले बताएको छ ।
जसपा नेता महतो उपप्रधानमन्त्री भएपछि मधेसमा आफ्नो पार्टीलाई बलियो बनाउनका लागि महासेठलाई उपप्रधानमन्त्री बनाउन लागिएको स्रोतको दावी छ । यसअघि ओली मन्त्रीपरिषद्मा महासेठ पत्नी जुली महतो मन्त्री थिइन् । स्थायी कमिटी सदस्य महासेठलाई उपप्रधानमन्त्री बनाउने भएपछि पार्टी उपमहासचिव अर्थमन्त्री विष्णु पौडेललाई पनि उपप्रधानमन्त्री बनाउने तयारी रहेको स्रोतको भनाई छ ।
तपाईंको प्रतिक्रिया